झापाको मेचीनगर नगरपालिका ९ मा छोराले प्रहार गरेको खुकुरीबाट आफ्नी आमासहित तीन व्यक्ति घाइते भएका छन् ।
कमल चोक बस्ने २४ वर्षीय गंगा बहादुर गजमेरले मादकपदार्थ सेवन गरी घरायसी वादविवादको क्रममा आमा कमला विकलाई खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ ।
गजमेरले छिमेकी रुपा गजमेर र गौवमती माँया कार्कीलाई समेत सोही खुकुरी प्रहार गरी घाईते बनाएका हुन् ।
इलाका प्रहरी कार्यालय धुलाबारीले दिएको जानकारी अनुसार खुकुरी प्रहारी गर्ने व्यक्तिलाई नियन्त्रणमा लिइएको छ ।
घाइते गौवमतीको बाँया गालामा चोट लागेको छ भने रुपा गजमेरको ढाडमा चोट देखिएको छ । आमा कलमा विकको भने टाउँकोमा चोट लागेको छ ।
घाइते छिमेकीको धुलावारीको एक मेडिकल पसलमा उपचार जारी छ । आमाको अवस्था अलिक गम्भिर देखिएकाले विर्तामोडको बिएण्डसी अस्पताल लगिएको प्रहरीले जनाएको छ ।