भरतपुर महानगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रकी रेणु दाहालले फराकिलो अग्रतालाई कायमै राखेकी छन् ।
९५ हजार ३११ मत गणना हुँदा दाहालले ८ हजार १५४ मतको अग्रता लिएकी हुन् ।
ताजा मतपरिणाम अनुसार गठबन्धनकी दाहालले ३७४६८ मत ल्याउँदा सुवेदीले २९३१४ मत ल्याएका छन् ।
सोही पदमा स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलको भूईँकटहर चुनाव चिह्नमा १२३५९ मत आएको छ ।
उपमेयरमा नेपाली कांग्रेसका चित्रसेन अधिकारीले पनि फराकिलो अग्रता कायम गरका छन् । उनले ३९६३९ मत ल्याउँदा निकटतम् प्रतिस्पर्धी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की हिमला गुरुङभन्दाले २३२१२ मत पाएकी छन् । एमालेको समर्थमा उठेकी गुरुङ भन्दा अधिकारी १६ हजार ४२७ मतले अगाडि छन् ।