नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटाैलाकाे वडामा कांग्रेस पराजित भएकाे छ ।
सिटाैलाले मतदान गरेकाे भद्रपुर नगरपालिका वडा नम्बर १० काे वडा अध्यक्षमा एमालेले ३ सय ९ मतान्तरले जितेकाे हाे ।
एमालेका वडा अध्यक्ष टेकबहादुर खड्काले १४ सय ८० मत ल्याउँदा कांग्रेस उमेदवार विष्णुप्रसाद काफ्लेले ११ सय ७१ मत मात्र प्राप्त गरे ।
राप्रपाका खेमराज भट्टराईले ७०६ मत ल्याए । ०७४ काे निर्वाचनमा एक्लै लड्दा ८ पालिका जितेकाे झापामा यसपटक गठबन्धन गर्दा पनि कांग्रेसकाे अवस्था कमजाेर देखिएकाे छ ।
०७४ सालकाे निर्वाचनमा नराम्राे पराजय बेहाेरेपछि सिटाैलाले एमाले गढ मानिने वडा नम्बर १० कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माकाे निर्वाचन क्षेत्र झापा १ मा समावेश गराइदिएका थिए ।
यसपटक टिकट वितरणमा झापामा सिटाैला पक्षले एकलाैटी गरेकाे थियाे । त्यसैकाे परिणााम अहिले झापाका स्थानीय तहकाे मतगणनामा देखिइरहेकाे छ ।