प्रभू साहको निर्वाचन क्षेत्रमा पर्ने रौतहटको मौलापुर नगरपालिकाको मेयरमा नेकपा एमाले विजयी भएको छ ।
साहकी पत्नी रीना कुमारी साह दुई हजार ५०२ मतान्तर कायम गर्दै मौलापुरको मेयरमा निर्वाचित भएकी हुन् ।
उनले ५५६४ मत पाउँदा गठबन्धनका उम्मेदवार रमप्रवेश साहले ३०६२ मत पाए ।
रीनाकुमारी २०७४ सालको निर्वाचनमा माओवादीको तर्फबाट मेयर निर्वाचित भएकी थिइन् । अघिल्लो निर्वाचनमा साह ३९१२ मत ल्याएर विजयी हुँदा नेकपा एमालेका गगनदेव साह कानुले ११५९ मत पाएका थिए ।
प्रभू साह माओवादी केन्द्र छाडेर एमाले प्रवेश गरेका थिए ।