काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले अन्य उम्मेदवारहरूसँग मतान्तर बढाउँदै लगेका छन् ।
राष्ट्रिय सभागृहमा भैरहेको मतगणनामा ३ हजार ६२७ मत गणना हुँदा लौरो चुनाव चिह्नबाट चुनाव लडेका शाहले एक हजार २२८ मत पाएका छन् ।
शाहलाई पछ्याइरहेका नेकपा एमालेका केशव स्थापितले ८७१ मत पाएका छन्। शाहले स्थापितसँग ३५७ मतले अग्रता कायम गरेका छन् ।
यसअघि ३०४९ मत गणना हुँदा शाह र स्थापितको मतान्तर १८० थियो । ३२५९ मत गन्दा मतान्तर बढेर २१५ पुगेकोमा अहिले मतान्तर ३५७ पुगेको हो ।
सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसकी उम्मेदवार सृजना सिंहले ६९९ मत पाएकी छन् ।
अहिले वडा नम्बर १, २, ३, ४ र ३२ को मतगणना भइरहेको छ। आयोगको तथ्याङ्क अनुसार वडा नम्बर १ मा २३१८, २ मा ३३९७, ३ मा ६२३६, ४ मा ९४४१, र ३२ मा १२०१५ मत खसेको छ।
निर्वाचन कार्यालयका अनुसार महानगरपालिकामा कुल एक लाख ९१ हजार १ सय ८६ मत खसेको छ।