काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहले एक हजार मत कटाएका छन् ।
राष्ट्रिय सभागृहमा भैरहेको मतगणनामा तीन हजार २५९ मत गन्दा बालेनले १०५३ मत ल्याएका छन् ।
नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ८३८ मत ल्याएका छन् भने नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ६३६ मत ल्याएकी छन्।
यसअघि तीन हजार ४९ मत गणना गर्दा शाह र स्थापितको मतान्तर १८० थियो पछिल्लो गणनाअनुसार शाहले मतान्तर बढाउँदै लगेका हुन् ।
मेयरमा स्वतन्त्र उम्मेदवार शाह र एमालेका उम्मेदवार स्थापितको मतान्तर २१५ पुगेको छ ।
निर्वाचन कार्यालयका अनुसार महानगरपालिकामा कुल एक लाख ९१ हजार १ सय ८६ मत खसेको छ।