मंगलबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन तोलामा ७ सयले घटेको छ ।
आज सुन मूल्य तोलाको ९८ हजार कायम भएको छ । यस अघि सोमबार सुन तोलाको ९८ हजार ७ सयमा कारोबार भएको थियो । त्यस्तै मंगलबार तेजाबी सुनको मूल्य तोलाको ९७ हजार ५ सय निर्धारण भएको छ ।
त्यस्तै मंगलबार चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा १० रुपैयाँले घटेर १२७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।