महानगर र उपमहानगरको मेयर र उपमेयरको उम्मेदवार टुंगो लगाउन नेपाली कांग्रेसको शीर्ष नेताको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ ।
बैठकमा वर्तमान र पूर्व पदाधिकारी सहभागी छन् । शीर्ष नेताहरूबीच सहमति जुटेपछि सनिबारनै कार्यसम्पादन समितिको बैठक बस्ने बैठकमा सहभागी एक नेताले बताए ।
सत्ता गठबन्धनमा नेपाली कांग्रेसको तर्फबाट काठमाडौं ललितपुर र विराटनगर महानगरको मेयर भागमा परेको छ भने पोखरा, वीरगञ्ज र भरतपुर महानगरको उपमेयर पनि कांग्रेसको भागमा परेको छ ।
आकांक्षी धेरै भएपछि बालुवाटारमा मेयर र उपमेयरको नाम फाइल गर्न बैठक बसेको हो ।