नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा सोमबार (आज) मोरङको सुन्दरहरैँचा आउँदै छन् ।
उनी सुन्दरहरैँचा नगरपालिकाले आयोजना गरेका तीनवटा कार्यक्रममा सहभागी हुनेछन् ।
देउवाले मोरङको सुन्दरहरैंचा नगरपालिका –८ मा नगरपालिकाको प्रशासकीय भवन शिलान्यास गर्ने कार्यक्रम छ । देउवाले सुन्दरहरैचामा कृषि बजारको भवन शिलान्यास र नगर अस्पताल उद्घाटन गर्ने कार्यसूची छ । देउवा आउने भएपछि सुरक्षा व्यवस्था कडा बनाइएको छ ।
प्रदेश १ का डिआइजी अरुणकुमार बिसीका अनुसार प्रधानमन्त्री आउने कार्यक्रमका लाागि सुरक्षा व्यवस्था कडा बनाइएको हो । उनका अनुसार विहान ९ बजे देउवा सुन्दरहरैँचा पुग्ने कार्यक्रम छ । त्यहाँबाट पाँचथर र खोटाङ हुँदै उनी पुन: काठमाडौँ फर्कनेछन् ।
खोटाङमा माेटरेबल पुल उद्घाटन गर्ने कार्यक्रम छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-४ खाल्ले र दिप्रुङ चुइचुम्मा गाउँपालिका-१ याम्खा जोड्ने सडककाे साप्सुखोलामा पुल बनेकाे छ ।