नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । पेट्रोल तथा डिजेल/मटितेलको साबिकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर ५ रुपैयाँ मूल्य बढेको छ । अब पेट्रोलको मूल्य प्रतिलिटर १५०, डिजेल र मट्टितेलको १३३ रुपैयाँ पुगेको छ ।
हवाई ईन्धन (आन्तरिक उडानतर्फ)को साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर १९ रुपैयाँले वृद्धि गरेर १३६ रुपैयाँ कायम गरिएको छ भने हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ प्रतिलिटर अमेरिकी डलर १.२९५ कायम गरिएको छ । यसअगाडि यो मूल्य प्रतिलिटर अमेरिकन डलर १.१९५ थियो ।
यो मूल्य समायोजन पछि पनि निगमलाई पेट्रोलमा प्रति लिटर रू. १६.२८, डिजेलमा प्रति लिटर रू. ११.७८ र एलपी ग्यासमा प्रति सिलिण्डर रू. ६६५.३४ घाटा कायम रहने बताइएको छ ।
मट्टितेल र हवाइ इन्धन (आन्तरिक र बाह्य) दुवैमा निगमलाई नाफा छ । निगमले आज जारी गरेको विज्ञप्ती अनुसार मट्टितेलमा प्रतिलिटर रु १९.५१, हवाई ईन्धन (आन्तरिक उडानतर्फ) रु २३.०८ र हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ रु ६०.२६ नाफा छ ।