नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ नेता झलनाथ खनालले नेपाली कांग्रेससँग गठबन्धन टुटेमा नेकपा ९एमाले०सँग चुनावी तालमेल हुनसक्ने बताएका छन् ।
गठबन्धन आफूहरूका लागि मात्रै नभई कांग्रेसका लागि पनि अपरिहार्य भएको जिकीर गर्दै वरिष्ठ नेता खनालले केहि गरी कांग्रेससँगको सम्बन्ध टुटेमा अरु विकल्पमा जाने बताएका हुन् ।
ईमेज च्यानलको कार्यक्रम हट सीटमा कुरा गर्दै नेता खनालले अहिलेकै अवस्थामा एमसीसी पारित नहुने र यसैका कारण गठबन्धन नटुट्ने दावी गरे । एमसीसीलाई आउँदो चुनावपछि मात्रै संसदमै लैजाने विषयमा गठबन्धन दलबीच सहमति बनेको उनको भनाइ थियो ।
पूर्वपरराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले एमसीसीसम्बन्धी आठ वटा डकुमेन्ट लुकाएको आरोप लगाउँदै खनालले ती डकुमेन्ट गम्भीर भएकाले आफूहरू झन् संवेदनशील बनेको पनि बताए ।