नेपाली कथानक चलचित्र ‘क्याप्टेन’ बाट डेब्यू गरेकी अभिनेत्री उपासना सिंह ठकुरी पछिल्लो समय बोल्ड तस्विरहरूका कारण चर्चामा छिन् ।
ठकुरीले सामाजिक सञ्जालमार्फत एक फोटोसुटको तस्विरहरू सार्वजनिक गरेकी छिन् ।
फोटोग्राफर अनिल मास्केले खिचेका ती तस्विरहरूमा उनले फूलको गुच्छा लिएर बोल्ड अवतारमा देखिएकी हुन् ।
उपसानाको यो तस्विरमा पाठकहरूले विभिन्न किसिमका प्रतिक्रियाहरू दिएका छन् । उनको यो तस्वीरमा अधिकांशले उनको सुन्दरताको तारिफ गरेका छन् । साथै, कतिपयले भने उपासनालाई बोल्ड फोटोसुट नगर्न पनि आग्रह गरेका छन् ।
सङ्ख्यात्मक हिसावले खासै धेरै चलचित्रमा उनको उपस्थिति नभएको भएतापनि धेरै माग भएको कलाकारमा उनलाई लिन थालिएको छ ।
‘क्याप्टेन, कबड्डी ३ र डिसेम्बर फल्स’मा काम गरेकी उपासना अन्य दुई चलचित्रमा काम गर्ने तयारीमा छिन् । ‘क्याप्टेन र कबड्डी ३’मा उनी गाउँकी युवतीको भूमिकामा छिन् ।
तर, सामाजिक सञ्जालमा उनले पोस्ट गर्ने तस्वीर वा उनले खिचाएका फोटोसुट हेर्दा पनि उनी आफूलाई चलचित्रको पर्दामा बलियो भूमिका र बोल्ड अवतारमा प्रस्तुत गर्न आतुर रहेको देख्न सकिन्छ ।
चलचित्र ‘क्याप्टेन’बाट यो क्षेत्रमा उदाएकी नायिका ठकुरीले अभिनय गरेको चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ले बक्स अफिसमा कमालको व्यापार गर्न सफल भयो । करिब १० करोडको हाराहारीमा व्यापार गरेको चलचित्रबाट नायिकाको काम पनि समीक्षक र दर्शकले रुचाए ।
दोस्रो, चलचित्रबाट नै यति सफलता पाएकी यी नायिका भाग्यमानी नायिका हुन् भन्दा फरक पर्दैन ।