चलचित्र क्याप्टेन बाट नेपाली रजतपटमा आएकी नायिका उपासना सिंह ठकुरीलाई नेपाली चलचित्र क्षेत्र हाँक्न सक्ने अभिनेत्रीको रूपमा हेरिएको छ ।
चलचित्र ‘क्याप्टेन’बाट यो क्षेत्रमा उदाएकी नायिका ठकुरीले अभिनय गरेको चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ले बक्स अफिसमा कमालको व्यापार गर्न सफल भयो । करिब १० करोडको हाराहारीमा व्यापार गरेको चलचित्रबाट नायिकाको काम पनि समीक्षक र दर्शकले रुचाए ।
दोस्रो, चलचित्रबाट नै यति सफलता पाएकी यी नायिका भाग्यमानी नायिका हुन् भन्दा फरक पर्दैन ।
चलचित्र र म्युजिक भिडिओमा काम नभएपछि नायिका ठकुरीले सामाजिक सञ्जालमा नयाँ नयाँ तस्बिरहरू हालिरहेको देख्न सकिन्छ । ठकुरीको इन्स्ट्राग्राम स्कोल गर्ने हो भने समय समयमा उनले तस्बिरहरू अपलोड गरिरहेकी हुन्छिन् । पछिल्लो समयमा उनले अपलोड गरेका तस्बिरहरूले धेरै प्रतिक्रिया पाइरहेका छन् ।
बैजनी रङ्गको टिसर्ट र छोटो हाफ पाइन्ट लगाएर उनले विभिन्न एङ्गलबाट खिचेका तस्बिरहरू हालै मात्र इन्स्ट्राग्रामार्फत सार्वजनिक गरेकी छिन् । उनका तस्बिरमा केही फ्यानहरूले ठकुरीलाई र्यापुन्जेल देखिएको भन्दै प्रतिक्रिया जनाएका छन् । धेरैले कति सुन्दर देखिएकी भन्ने प्रतिक्रिया दिएका छन् ।
एकजना फ्यानले त उनलाई स्वर्गबाट झरेको अप्सरासँग तुलना गरेका छन् ।