अभिनेत्री उपासना सिंह ठकुरी पछिल्लो समय चलचित्रमा अभिनय गर्न व्यस्त छिन् ।
उनको अभिनयमा बन्दै गरेको चलचित्र ‘डिसेम्बर फल्स’को ७० प्रतिशत छायांकन पोखरामा सम्पन्न भएको बतााइएको छ । उनलाई चलचित्र ‘सत्यम् र मिरर’का लागि पनि समय दिनुपर्नेछ । यो अनुसार उनलाई चलचित्रमा अभिनय गर्न भ्याइ – नभ्याइ भएको बुझ्न सकिन्छ ।
चलचित्र ‘सत्यम् र मिरर’को समय तालिका जुध्यो भने उपासनालाई काम गर्न गाह्रो हुने देखिन्छ । उनलाई दुबै चलचित्रको कथा मन परेको उनी बताउँछिन् । अभिनेता अनमोल केसीसँग चलचित्र ‘क्याप्टेन’बाट डब्यु गरेकी उपासना चलचित्र जगतमा चम्किएकी छन् ।
[wpna_related_articles title=”Related Content” ids=”40198,30775″]
उनले ‘कबड्डी ३’ जस्तो हिट सिरिजमा काम गरिन् । नायिका सिंहलाई ‘क्याप्टेन’मा काम गर्दा धेरैले विभिन्न खालको टिकाटिप्पणी गरेका थिए । कसैले उनलाई मोटी भने, कसैले नायिकाको लागि फिट नरहेको भनेर टिप्पणी गरे ।
नायिका ठकुरी भन्छिन्–‘हामीले चलचित्रको पर्दामा वास्तविक जीवनका मानिसको पात्र चित्रण गर्ने हो । यसैले, कसैलाई पनि उसको शारीरिक वनावट हेरेर मुल्यांकन गर्नु गलत हो ।’