नेपाली गायन रियालिटी सो ‘सारेगमप लिटल च्याम्प’को फाइनलमा झापाकी दुई चेली पुगेका छन् । झापाका १४ वर्षीय प्रतियोगीद्वय कृपा पौडेल र रोशा फुयाँल सारेगमपको उपाधि नजिक पुगेका हुन् ।
निर्णायकत्रय न्हु बज्राचार्य, इन्दिरा जोशी र कालीप्रसाद बाँस्कोटा, ग्रान्ड जुरी र समर्थकलाई मुहुनी लगाउँदै उनीहरू फाइनल (टप फाइभ) मा पुगेका हुन् । रोशा र कृपासँगै पर्वतका अरुण सुनार, भारत सिलिगुडीका आदित्य विश्वकर्मा र भक्तपुरकी अविज्ञा घिमिरे शीर्ष पाँचमा पुगेका छन् । अब, आगामी माघ २२ गते प्रतिस्पर्धा गर्ने छन् ।
को हुन् कृपा र रोशा ?
बिर्तामोड नगरपालिका–३ रामचोक घर भएकी कृपा हाल कक्षा ९ मा अध्ययनरत छिन् । स्थानीय मनमाया माध्यमिक विद्यालयमा अध्ययनरत कृपा सानैदेखि गुनगुनाउँथिन् । सङ्गीत सिक्न थालेको भने लामो समय भएको छैन । बिर्तामोडस्थित ‘सप्तक द इन्स्टिच्युट अफ पर्फमिङ आर्ट्स’मा विगत चार महिनादेखि सङ्गीत सिक्न थालेकी हुन् । त्यसअघि केही समय सरगम सङ्गीतालयमा म्युजिक सिकिन् ।
उनको परिवारमा अरू कोही गायन विधामा छैनन् । तर उनलाई भने सङ्गीत क्षेत्रमा ठुलो रुचि छ । उनले यसअघि कुनै गायन रियालिटी सोमा सहभागिता जनाएकी छैनन् । तर पनि निरन्तरको साधनाले उनलाई एक कुशल गायिका बन्नतिर डोहोर्याउँदै छ । ‘परिवारमा अरू कोही सङ्गीत क्षेत्रमा छैनन् तर सानैदेखि उसले यो क्षेत्र मन पराएकी छ’, आमा अनिता पौडेल भन्छिन्, ‘छोरीको रुचि मात्र नभए सपनै एउटा गायिका बन्ने छ । यसलाई साकार बनाउन सारेगमपले साथ दिइरहेको छ ।’
विद्यालयका केही साङ्गीतिक कार्यक्रममा आफ्नो प्रस्तुति दिएर श्रोतालाई मन्त्रमुग्ध बनाउन सफल कृपा प्रदेशस्तरीय गायन प्रतियोगिताकी उपविजेता भइसकेकी छन् । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीबाट पुरस्कार थापेकी कृपाले झन् आफूलाई दृढ बनाएर यस क्षेत्रमा समर्पित गरिन् । सङ्गीत क्षेत्रमा आफूलाई निखार बनाउन उनले शिव ताण्डव स्तोत्र गाएर युट्युबमामा हालेकी छन् ।
रोशाको अनुभव भने प्रेरणा र कृपाको भन्दा केही लामो छ । उनले औपचारिक रूपमा सङ्गीत सिक्न थालेको आठ–नौ वर्ष भयो । चार वर्षको उमेरबाट सङ्गीत सिक्न थालेकी उनले पनि श्रोतालाई मन्त्रमुग्ध बनाउने क्रम जारी नै राखेकी छन् ।
उनका दाजु रोशन हुन्, रोशाको पहिलो गुरु । सङ्गीतमा रोशनकै हात समातेर अगाडि बढेकी रोशाले दाजुसँगै हार्मोनियम चलाउन सिकिन् । दाइ पनि सङ्गीत क्षेत्रमा लागिपरेका छन् । उनकै बाटोमा अगाडि बढ्नेक्रममा छिन्, रोशा पनि । सङ्गीतमै केही गर्छु भनेर अगाडि बढिरहेकी उनलाई सारेगमपले साथ दिइरहेको छ ।
‘सारेगमपले उसको सपनालाई साकार गर्ने काम गरिरहेको छ’, रोशाकी आमा कला बाँस्कोटा भन्छिन्, ‘दाइले सिकाएको हो । दाइले सिक्दै गर्दा उसलाई राग र हार्मोनियम सिकाउँथ्यो । उसले डोहो¥याउँदै गर्दा सारेगमपसँग रोशाको भेट भएको हो । एक दिन गायिका बन्छु भनेर सपना सुनाइरहन्थी । सायद यहीबाटै पूरा हुन्छ ।’
सारेगमपमा झापाली ‘धमाका’
नेपाली गायन रियालिटी सो ‘सारेगमप लिटल च्याम्प’को टप–१५ भित्र हाल तीन...
आइतबार, कात्तिक १४ २०७८मेचीनगर नगरपालिका–८ स्थायी घर भएकी उनी हाल बिर्तामोड–५ बस्छिन् । स्थानीय देवी माविमा कक्षा ९ मा अध्ययन गर्ने उनले बिर्तामोडकै सनलाइट म्युजिक स्कुलमा सङ्गीत सिकिरहेकी छन् । अहिले उनी अरू प्रतियोगीजस्तै सारेगमपमा सहभागी छिमेकी मुलुक भारत र स्वदेशका प्रतिस्पर्धीसँग प्रतिस्पर्धा गरिरहेकी छन् ।