कोरोना संक्रमणमुक्त हुनेबित्तिकै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले काममा फर्किएका छन् । उनी आजबाट मन्त्रालयको नियमित काममा फर्किएका हुन् ।
हिजो (आइतबार) गरिएको पिसिआर परीक्षणमा मन्त्री आलेको रिपोर्ट नेगेटिभ आएको थियो ।
संक्रमणमुक्त भएको भोलिपल्ट अर्थात आजैबाट उनी काममा फर्किएका हुन् । पछिल्लो समय उनको कामलाई लिएर जनस्तरबाट व्यापक प्रशंसा आईरहेको छ ।
खासगरी उनले नारायणहिटी दरबार संग्राहलयमा क्याफ्टेरिया बनाउन नदिने निर्णय गराउनेदेखि पशुपति क्षेत्र विकास परिसरमा रहेको धर्मशालामा चलाईएको होटलबारे कडा कदम चालेका छन् ।