नेपाली कांग्रेसको उपसभापतिमा प्यानलसहित उम्मेदवारी परेको छ। शेरबहादुर देउवा प्यानलबाट विजयकुमार गच्छदार र पूर्णबहादुर खड्काले उपसभापतिमा उम्मेदवारी दिएका छन्।
शेखर कोइराला प्यानलबाट उपसभापतिमा चन्द्र भण्डारी र धनराज गुरुङको उमेदवारी परेको छ। विमलेन्द्र निधीको प्यानलबाट उपसभापतिमा दिव्येश्वरी शाहले उम्मेदवारी दर्ता गराएका छन् भने प्रकाशमान सिंहको टिमबाट सुजाता कोइराला उपसभापतिको उम्मेदवारी दिएकी छन्।
त्यस्तै महेश आचार्यले बिना गुट उपसभापतिमा उम्मेदवारी दिएका छन्।