नेपाली कांग्रेसको प्रदेश नम्बर १ को अधिवेशनमा मतदानमा सहभागी नभएकोमा शेखर कोइरालले माफि मागेका छन् ।
प्रदेश १ को आज बिहान सार्वजनिक भएको नतिजामा प्रधानमन्त्री तथा केन्द्रीय सभापति शेरबहादुर देउवा तथा नेता कृष्णप्रसाद सिटौला समूहका उद्धव थापा विजयी भए ।
प्रदेश १ नेपाली कांग्रेस संसदीय दलका नेता राजीव कोइरालालाई ‘ब्याक’ सार्दै सभापतिमा उम्मेदवारी दिएका नेता गुरुराज घिमिरे मात्र दुई मतले पराजित बने ।
नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा सभापतिका दाबेदार डाक्टर शेखर कोइराला, नेतृ सुजाता कोइराला र नेता महेश आचार्यको भोट घिमिरेले पाएनन् । उनीहरू मतदान प्रक्रियामै सहभागी भएनन् ।
यी तीन जनाले भोट दिएको भए घिमिरेको जित पक्कापक्की थियो । हुन त नेपाल विद्यार्थी संघका पूर्वअध्यक्ष गुरुराज घिमिरले पुनः मतगणनाको माग राखेका छन् ।
अहिले आएर सभापतिको उम्मेदवारी घोषणा गरेका कोइराले भविष्यमा जटिलता आउने देखेर आफू मतदान पक्रियामा सहभागी नभएको बताएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा कोइरालाले लेखेका छन्, ‘कांग्रेस १४औं महाधिवेशनमा प्रदेशस्तरसम्म केन्द्रीय नेताहरुले मतदान गर्न पाउने वा नपाउने विषय शुरु देखि नै “संशय” थियो। कानुनी परामर्शबाट मतदान गर्दा भविष्यमा जटिलता आउन सक्ने बुझियो। तसर्थ मतदान नगर्नु उपर्युक्त ठानें। ‘
यसक्रममा म बाट भएको कमजोरीप्रति सचेत रहँदै गल्ती भए क्षमाप्रार्थी छु।