नेपाली कांग्रेसका सांसद तथा उद्योगी विनोद चौधरी पार्टीको महाधिवेशन प्रतिनिधि चयन भएका छन्। नेपाली कांग्रेसको १४ औं महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधि चयन भएका हुन् ।
सोमबारदेखि नवलपुरमा सुरु भएको प्रतिनिधि सभा क्षेत्रीय अधिवेशनबाट चौधरी महाधिवेशन प्रतिनिधि चयन भएका हुन्। चौधरी मधेसी कोटामा महाधिवेशन प्रतिनिधि चयन भएका नेपाली कांग्रेसको निर्वाचन समितिले जनाएको छ ।
पूर्वी नवलपरासी क्षेत्र नम्बर १ बाट महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत चयन भएका हुन् । चौधरी नेपाली काँग्रेसले १४औँ महाधिवेशनका लागि गठित सूचना तथा सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्की संयोजक रहेको आर्थिक समितिको सल्लाहकार समेत रहेका छन् । चौधरी ग्रुपका अध्यक्ष समेत रहेका उनी नेपालका एकमात्रै डलर अर्बपति हुन् ।
प्रकाश पुत्र प्रभासमान पनि महाधिवेशन प्रतिनिधि
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहका छोरा प्रभाशमान सिंह महाधिवेशन प्रतिनिधि बनेका छन्। आज भएको प्रतिनिधि सभा क्षेत्रीय अधिवेशनबाट प्रभाशमान कांग्रेस महाधिवेशन प्रतिनिधि बनेका हुन् । प्रभाशमान काठमाडौं क्षेत्र नम्बर ७ बाट प्रभाशमान महाधिवेशन प्रतिनिधि सर्वसम्मत भएका हुन्।