विभिन्न प्रलोभन देखाएर बालकहरूमाथि अप्राकृतिक मैथुन गराएको आरोपमा एक विदेशी नागरिक पक्राउ परेका छन् ।
पोखरा महानगरपालिका ६ लेकसाइडबाट रोबर्ट किन्कले नाम गरेका ४४ वर्षीय क्यानेडियन नागरिक पक्राउ परेका हुन् ।
पोखरा महानगरपालिका-६ लेकसाईडमा नाबालकहरुलाई ललाई फकाई, डरत्रास, धाकधम्की तथा विभिन्न प्रलोभनमा पारी यौनजन्य गतिविधि गर्दै आएको आरोपमा प्रहरीले उनलाई ३ जना बालकहरुसाथ पक्राउ गरेको हो ।
प्रहरीले पीडित तीन जना बालकहरूको बालकहरुको उद्दार गरेको छ ।
आरोपित क्यानेडियन नागरिक माथि जिल्ला अदालत कास्कीबाट ७ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।