नेपाली बजारमा आज सुनको मूल्य अघिल्लो दिनको तुलनामा तोलामा २०० रुपैँयाले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलाको ८८ हजार ९०० निर्धारण भएको छ भने तेजावी सुनको मूल्य तोलाको ८८ हजार ४५० कायम भएको छ ।
आइतबार र सोमबार छापावाला सुनको मूल्य तोलाको ८९ हजार १०० कायम भएको थियो भने तेजावी सुनको मूल्य तोलाको ८८ हजार ६५० कायम भएको थियो ।
सुनको मूल्य घट्दा चाँदीको मूल्य पनि केही मात्रामा घटेको छ । अघिल्ला दिनहरूको तुलनामा चाँदीको मूल्य तोलामा १५ रुपैयाँ घटेर आज प्रतितोला १ हजार १३५ निर्धारण भएको महासंघले जनाएको छ ।
महासंघले कोरोना महामारीको प्रभाव कम भई अर्थतन्त्र चलायमान भएको भन्दै नेपाल राष्ट्र बैंकसँग दैनिक ४० किलो सुन उपलब्ध गराइदिन माग गरेको छ ।
गत वर्ष कोरोनाका कारणले भएको लकडाउनको समयमा सुनचाँदीको कारोबार ठप्प थियो । अहिले कोरोनाको प्रभाव कम हुँदा अर्थतन्त्र चलायमान हुँदै गएको र चाडबाड नजिकिँदा सुनचाँदीको माग अझ बढ्ने सुनचाँदी व्यवसायी बताउँछन् ।