बुधबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । मंगलबार स्थिर रहेको सूनको मूल्य आज तोलामा ६ सय रुपैयाले बढेको हो ।
मंगलबार प्रतितोला ९० हजार ६०० रुपैयामा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज बढेर तोलाको ९१ हजार २०० रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै आज तेजावी सुनको मूल्य पनि प्रतितोला ९० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
सुनको मूल्य उकालो लागेतापनि चाँदीको मूल्य भने स्थिर छ । आज चाँदीको मूल्यतोलाको १२०० रुपैयामा कारोबार भइरहेको छ । हिजो पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।