अन्जन विष्टको गोलमा नेपालले भारतविरुद्धको पहिलो अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेलमा अग्रता लिएको छ ।
माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिपको तयारीका अहिले नेपाल र भारतले मैत्रीपूर्ण फुटबल खेल खेलिरहेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा जारी खेलको पहिलो हाफमा नेपालले १–० गोलको अग्रता बनाएको हो ।
खेलको ३६औँ मिनेटमा अन्जन विष्टले गोल गर्दै नेपाललाई सुरुआती अग्रता दिलाएका हुन् । अन्जनले भारतीय गोलकिपरलाई झुक्याउँदै गोल गरेर अग्रता दिलाएका हुन् ।
असोज १५ देखि ३० गतेसम्म हुने साफको तयारीस्वरूप नेपाल र भारतले मैत्रीपूर्ण खेल खेलेका हुन् । नेपाल हाल अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा) को विश्व वरीयतामा एक सय ६८औँ स्थानमा रहेको छ । भारत भने फुटबलको विश्व वरीयतामा एक सय पाँचौँ स्थानमा छ ।
मैत्रीपूर्ण फुटबलमा एक अर्कालाई हराएर फिफा वरीयतामा आफ्नो स्थान सुधार गर्ने दुवै राष्ट्रको लक्ष्य रहनेछ । तर दुवै राष्ट्रका प्रशिक्षकले भने आफ्नो ध्येय साफ च्याम्पियनसिप रहेको बताइसकेका छन् ।