पोर्चुगिज स्ट्राइकर क्रिस्टियानो रोनाल्डो इङ्ग्लिस क्लब म्यानचेस्टर युनाइटेड फर्किएको पक्का भइसकेको छ । गत शुक्रबार युनाइटेडले रोनाल्डोलाई स्वागत गर्नु अनि रोनाल्डोले युभेन्टसलाई धन्यवाद दिनुले पनि ३६ वर्षीय फरवार्ड ओल्ड ट्राफोर्ड फर्किएको पुष्टि गर्छ ।
तथापि, रोनाल्डो अनुबन्धनको विषयमा युभेन्टस चुप बसेको छ भने आधिकारिक रूपमा तीनै पक्षले खुलाएको अवस्था छैन । यद्यपि, प्रिमियर लिगको साइटमा नै रोनाल्डोलाई जर्सी नम्बर ७ मा प्रस्तुत गरिएको छ ।
अब, उनको मेडिकल लिस्बनमा यसै साताभित्र भइसक्ने जनाइएको छ । रोनाल्डो र युनाइटेडबीच दुई वर्षे सम्झौता गर्ने सहमति भएको जनाएको छ । त्यसबाहेक इच्छानुरुप थप एक सिजनको सम्झौता थप्न सक्न प्रावधान रहेको बताइएको छ ।
शुक्रबारको अप्रत्याशित सरुवापछि रोनाल्डो अहिले चर्चामा छन् । युनाइटेडले सहरी प्रतिद्वन्द्वी क्लब म्यानचेस्टर सिटीबाट उम्काएर पाँच पटकका बालोन डी‘ओर रोनाल्डोलाई ओल्ड ट्राफोर्ड फर्काएको थियो । युनाइटेडले रोनाल्डो भित्र्याउन युभेन्टससँग सहमति जनाएको बताउँदै उनलाई टोलीमा स्वागत गरेको थियो ।
अब, उनको मेडिकल लिस्बनमा यसै साताभित्र भइसक्ने जनाइएको छ । रोनाल्डो र युनाइटेडबीच दुई वर्षे सम्झौता गर्ने सहमति भएको जनाएको छ । त्यसबाहेक इच्छानुरुप थप एक सिजनको सम्झौता थप्न सक्न प्रावधान रहेको बताइएको छ ।
युनाइटेडका समर्थक भने रोनाल्डोलाई आधिकारिक रूपमा सार्वजनिक गरेको हेर्न चाहन्छन् । उनीहरू रोनाल्डोको दोस्रो पटकको डेब्यु कहिलेबाट हुन्छ भन्ने विषयमा कौतुहल छन् । रोनाल्डाले सेप्टेम्बर ११ बाट न्युकासलसँग खेल्दै युनाइटेडमा डेब्यु गर्ने लगभग पक्का छ । किनकि उनी त्यस समयसम्म राष्ट्रिय टोलीबाट व्यवसायिक फुटबल करिअरतर्फ नै फर्किसकेका हुनेछन् ।
हाल उनी राष्ट्रिय टोलीमा फर्किएका छन् । सन् २०२२ मा कतारमा विश्वकप छनोटका खेल खेल्नका लागि रोनाल्डो पोर्चुगल फुटबल टिममा फर्किएका हुन् । पोर्चुगलले बुधबार रिपब्लिक अफ आयरल्यान्ड, कतार र अजरबैजानसँग खेल्नेछ ।