पूर्व प्रधानमन्त्री झलनाथ खनाले नयाँ दर्ता भएको नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) मा रहेको सचिवालयले जनाएको छ ।
भारतको नयाँदिल्लली स्थित एपोलो अस्पतालमा उपचार गराइरहेका खनाल कता छन भन्नेबारेमा सञ्चारमाध्यममा समाचार आएपछि सचिवालयले उनी नयाँ दर्ता भएको पार्टीको साथ र समर्थनमा रहेको प्रष्ट पारेको हो ।
बुधबार मात्र नेकपा एमालेबाट अलग भएको नेपाल समूहले नेकपा एमाले समाजवादी दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका थिए । तर निर्वाचन आयोगका अधिकारीहरुले सर्वोच्च अदालतको २३ फागुनको फैसलाअनुसार एउटा पार्टीको नाममा विशेषण झुण्ड्याएर अर्को दल दर्ता गर्न नमिल्ने बताए ।
राजनीतिक दलसम्बन्धी अध्यादेशअनुसार नियमावली अनुसार शुक्रबार नयाँ निवेदन दिंदा नाम पनि फेरिएको छ । नेकपा एकीकृत समाजवादी नाम प्रस्ताव गरिएको छ भने ९५ सदस्यीय केन्द्रीय कमिटीलाई विस्तार गरेर ११५ पुर्याइएको छ । चुनाव चिन्ह भने तय भएको छैन ।