कैलाली जिल्लाको धनगढीमा निजी क्षेत्रद्वारा ठुलो लगानीमा सञ्चालनमा आएका पर्यटकीय स्थलहरू दोस्रो लहरको कोरोनाका कारण प्रभावित बनेका छन् ।
तिन महिनाको बन्दाबन्दी पछि पनि ती क्षेत्र खुल्न सकेका छैनन् । आम्दानी शून्य हुँदा ती क्षेत्रमा लगानी समेत डुब्ने खतरा बढेको छ ।अझै सम्म बढी भिडभाड हुने क्षेत्र सुरु गर्न सरकारले अनुमति दिएको छैन ।
केही समय अघि सम्म आन्तरिक तथा बाह्य पर्यटकहरूको घुइँचो हुने एरक्याफ म्युजियम पनि अहिले सुनसान छ ।
बन्दाबन्दीले गर्दा बैङ्कको ब्याज सहित कर्मचारीलाई पारिश्रमिक दिनै समस्या भएको विमान संग्रालयका सञ्चालक वेद उप्रेती भने यातायातका साधन लगायत हवाई उडान समेत खुलिसकेकाले स्वास्थ्यका मापदण्ड अपनाएर खोल्नु पर्ने बताए ।
करोडौँको लगानीमा धनगढीमै खुलेको फन सिटी पनि अहिले सुनसान छ । सधैँ नेपाली र भारतीय पर्यटनकहरुको चहल पहल हुने यहाँ तिन महिना देखि कोही पुगेका छैनन् ।
गर्मी मौसममा सबै भन्दा धेरै व्यापार हुने यहाँ अहिले सबै भन्दा धेरै समस्या परेको फन सिटीका अध्यक्ष धर्म पाल सिंहले भने ताल्चै लगाउनु पर्ने आवश्यकता देखियो ।
गत वर्ष पनि कोरोनाले गर्दा ठुलो नोक्सानी बेहोर्नु परो यस वर्ष पनि नोक्सान बेहोर्नु पर्ने हो कि भन्ने चिन्ता छ । उनले भने, ‘बन्दाबन्दी गरेर मात्रै कोरोना रोकथाम हुँदैन ।
एअरक्राफ्ट, सिनेमा हल, फन सिटी मात्रै होइन ठुलो लगानीमा खुलेका होटलहरुमा पनि अहिले सम्म चहल पहल सुरु हुन सकेको छैन । पर्यटकलाई लक्षित गरेर तयार गरिएको फिस रिपोर्ट एण्ट फन पार्क पनि सुनसान छ ।
अन्य क्षेत्रहरू खुले पनि पर्यटकीय स्थलहरू सञ्चालन नहुँदा डेढ करोड रुपैयाँ नोक्सानी बेहोर्नु परेको फिस रिपोर्ट एण्ट फन पार्कका सञ्चालक दिनेश भण्डारीले भने एक बैक बाट अर्का बैकको व्याज लिएर बुझाउनु पर्ने बाध्यता रहेको बताए ।
देशमा प्रत्येक दिन कोरोना सङ्क्रमित बढिरहेका छन् ।यस्तो बेला हतार गरेर यी क्षेत्र खोल्न सकिने अवस्था पनि छैन । तर, सरकार मौन रहेर ठुला लगानीमा सुरु भएका यस्ता क्षेत्रहरू धराशायी बन्न पनि दिनु हुँदैन ।