प्रिमियर लिग विजेता र एफए कपको विजेताले खेल्ने एफए कम्युनिटी शिल्डको उपाधि लेइस्टर सिटीले जितेको छ ।
प्रिमियर लिग विजेता म्यानचेस्टर सिटीलाई १–० गोलले हराउँदै एफए कपको विजेता लेष्टरले उपाधि जितेको हो ।
शनिबार राति इङ्ग्ल्यान्डस्थित वेम्ब्ली स्टेडियममा भएको फाइनल खेलमा लेष्टरलाई जिताउन केलेची इहोनाचाले निर्णायक गोल गरे ।
खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो ।
८५औँ मिनेटमा पेनाल्टीमा गोल गर्दै इहेनाचालेले लेष्टरलाई उपाधि दिलाए । लेष्टरले दोस्रो पटक कम्युनिटी शिल्डको उपाधि जितेको हो ।
सिटी भने सातौँ पटक उपाधि जित्नबाट चुकेको छ ।