पूर्वसभामुख कृष्णबहादुर महरामाथि लागेको बलात्कार अभियोगमा उच्च अदालत पाटनले पनि सफाइ दिएको छ । यसअघि काठमाडौँ जिल्ला अदालतले गरेको अभियोगको दावी नपुग्ने फैसलालाई उच्च अदालतले पनि सही भएको ठहर गरेको हो ।
मङ्गलबार उच्च अदालतका न्यायाधीशद्वय माधवप्रसाद पोखरेल र विमल सुवेदीको इजलासबाट महराले सफाइ पाएको उच्च अदालत पाटनकी प्रवक्ता अमृता शर्माले बताइन् । संसद् सचिवालयकी कर्मचारीलाई बलात्कार प्रयास गरेको अभियोगमा महरामाथि मुद्दा चलाइएको थियो । जिल्ला अदालत काठमाडौँले पूर्वसभामुख महरामाथि लागेको अभियोग दाबी नपुग्ने ठहर गरेको थियो ।