कैलालीको टीकापुर नगरपालिका–६ नारायणपुरबाट दुईजना लागु औषध खैरो हिरोइन सहित पक्राउ परेका छन ।
इलाका प्रहरी कार्यालय टीकापुरका अनुसार पक्राउ पर्नेमा टीकापुर नगरपालिका–७ बैदीका ३६ वर्षका लोकेन्द्र साउँद र २८ वर्षका धनसिँह सुनार रहेका छन ।
उनीहरुलाई इलाका प्रहरी कार्यालय टीकापुर र सत्ती प्रहरी चौकीबाट खटिएको टोलीले सुराकीका आधारमा पक्राउ गरेको हो । सुराकीले उनीहरुले लागुऔषधको कारोवार गर्दै आएको सूचना प्रहरीलाई दिएको थियो ।
प्रहरीले स्थानीय कैलाश चौधरीको खोका पसल अघि बेञ्चमा कालो झोला लुकाएर राखेको अवस्थामा दुवैजनालाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय टीकापुरका डिएसपी प्रकाश सापकोटाले जानकारी दिए ।
उनीहरुको साथबाट प्रहरीले १४ ग्राम ९७० मिलिग्राम खैरो हिरोइन बरामद गरेको छ । घटना बारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।