प्रधानमन्त्रीको कार्यालयले आफ्नो आधिकारीक वेवसाइटमा नयाँ प्रधानमन्त्रीको विवरण अध्यावधिक गरेको छ । प्रधानमन्त्रीमा शेरबहादुर देउवा नियुक्त भएसँगै कार्यालयले वेवसाइटमा देउवाको तस्बिरसहितको विवरण अध्यावधिक गरेको हो ।
नवनियुक्त प्रधानमन्त्री देउवाले राष्ट्रपतिबाट शपथ ग्रहण गर्नु अगाडि नै प्रधानमन्त्री कार्यालयले वेवसाइटमा देउवाको विवरण अध्यावधिक गरेको हो । नवनियुक्त प्रधानमन्त्री देउवाले आजै शपथ ग्रहण गर्ने तयारी छ ।