प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतको फैसापछि बालुवाटार छाड्नुअगाडी आज दिउँसो २ बजे देशवासीको नाममा सम्बोधन गर्ने भएका छन् ।
ओलीले २ बजे बालुवाटारबाटै सम्बोधन गर्न लागेको उनको सचिवालय जनाएको छ ।
सर्वोच्च अदालतको फैसलाअनुसार कांग्रेस सभापति शेरबहादुर देउवालाई आजै शपथ ग्रहण गराउने तयारी छ ।
सर्वोच्चको फैसलाबारे आधिकारिक धारणा तय गर्न आजै प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाइएको थियो । सोमबार साँझ नै बैठक बोलाइए पनि माधव नेपाल पक्ष नआउने भएपछि बैठक स्थगीत गर्दै अनौपचारिक रुपमै छलफल भएको बालुवाटार स्रोतले जनाएको छ ।
सर्वोच्च अदालतले शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न दिएको समयअगाबै प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने तयारी भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए ।
सर्वोच्चले राष्ट्रपतिलाई आज ५ बजेसम्म देउवालाई प्रधानमन्त्री नियुक्त गर्न समय दिएको छ।