दिल्लीमा उपचार गराइरहेका नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालको उपचारमा लागेको सम्पूर्ण खर्च नेपाल सरकारले बेहोर्ने भएको छ ।
मुख्यसचिव शंकरदास वैरागीले आज एक सूचना जारी गर्दै पूर्व प्रधानमन्त्री झलनाथ खनालको दिल्लीस्थित अपोलो अस्पतालमा उपचारका क्रममा लागेको सम्पूर्ण खर्च नेपाल सरकारले बेहोर्ने बताएका हुन् ।
पोस्ट कोभिडको समस्या देखिएपछि उपचारका लागि खनाल दिल्लीस्थित एपोलो अस्पताल भर्ना भएका छन् । उनलाई नेपाल एयरलाइन्सको विमानबाट असार २ गते भारत लगिएको हो ।
दिल्ली लैजानुअगाडि केही उनलाई नर्भिक अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको थियो । पछिल्लो समयमा उनको स्वास्थ्य अवस्था सुधारोन्मुख भएको बताइएको छ ।
उपचारमा लागेको सम्पूर्ण खर्च अर्थ मन्त्रालयले परराष्ट्र मन्त्रालयको नाममा निकासा दिने र परराष्ट्र मन्त्रालयले दिल्लीस्थित नेपाली दूतावासमार्फत भुक्तानी गर्ने व्यवस्था गरिएको छ ।