कैलाली प्रहरीले लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ।
जिल्लाको भजनी नगरपालिका–३ पडरीयाबाट वडा नम्बर ५ कौवाखेडाका ३२ वर्षीय डम्बर साउँदलाई पक्राउ गरिएको हो। उनका साथबाट ९ ग्राम लागुऔषध खैरो हेरोइन फेला पारेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले बताए।
साउँदमाथि लागुऔषध शिर्षकमा मुद्धा दर्ता गरी थप अनुसन्धान भइरहेको उनले बताए।