साताको अन्तिम दिन सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढेको छ । शनिबार सुनचाँदको मूल्य निर्धारण नहुने भएको हुनाले शुक्रबारलाई नै सुनचाँदीको मूल्य निर्धारणको हिसावले साताको अन्तिम दिन मान्ने गरिन्छ ।
बिहीबार ९३ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज (शुक्रबार) का लागि ९४ हजार पाँच सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आजका लागि तेजावी सुनको भाउ ९४ हजार रुपैयाँ तोकिएको छ । बिहीबार तेजावी सुन तोलमा ९३ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले बढेको महासंघले जनाएको छ । बिहीबार प्रतितोला एक हजार तीन सय ५५ रुपैयाँका कारोबार भएको चाँदीको आजको मूल्य एक हजार तीन सय ७० रुपैयाँ तोकिएको छ ।
जेठको २० गते तोलाको ९४ हजार ९ सय कायम भएको छापावाल सुनको मुल्य यो महिनाको सर्वाधिक महङ्गो मूल्य हो । जेठको २८ गतेसम्म आइपुग्दा सुनको मूल्य तोलामा ९५ हजार पुगेको छैन ।