प्रधानमन्त्री केपी शर्मा ओलीले तेस्रोपटक प्रधानमन्त्री पद तथा गोपनियताको सपथ लिएसँगै मन्त्रिपरिषद् विस्तार गरेका छन् ।
राष्ट्रपतिको कार्यालय शीतल निवासमा भएको विशेष समारोहमा नवनियुक्त मन्त्रीहरूले समेत सपथ लिएका छन् । प्रधानमन्त्री ओलीले जनता समाजवादी पार्टी सरकारमा आएपछि मात्र नयाँ व्यक्तिलाई मन्त्रिपरिषदमा सामेल गराउने भन्दै अहिलेलाई पुरानै मन्त्रीहरूलाई नियुक्त गरेका हुन् ।
यसअगाडी माधव पक्षका केही सासंदहरुलाई पनि मन्त्री बनाउने भन्ने आशयका समाचार आएतापनि मन्त्रिपरिषद् विस्तार गर्दा पुरानै मन्त्रीहरु दोहोरिएका छन् । नेकपा खारेज भएपछि माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका रामबहादुर थापा, टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह, गौरीशंकर चौधरी, दावा तामाङ र मणि थापालाई सांसद नभए पनि अल्पमतको सरकारको मन्त्रि बनेका छन् ।
गृहमन्त्री रामबहादुर थापा भने राष्ट्रिय सदस्यको उम्मेदवार भएकाले पुनः सांसद बन्न सक्ने सम्भावना कायम छ।
पुन: मन्त्री भएकाहरु
केपी शर्मा ओली – प्रधानमन्त्री/रक्षा
ईश्वर पोखरेल – प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, उपप्रधानमन्त्री
रामबहादुर थापा – गृहमन्त्री
टोपबहादुर रायमाझी – ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री
विष्णुप्रसाद पौडेल – अर्थमन्त्री
प्रदीपकुमार ज्ञवाली- परराष्ट्रमन्त्री
हृदयेश त्रिपाठी- स्वास्थ्य तथा जनसंख्या मन्त्री
लेखराज भट्ट- उद्योग, वाणिजय तथा आपूर्ति मन्त्री
कृष्णगोपाल श्रेष्ठ- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री
प्रभु शाह – सहरी विकास मन्त्री
भानुभक्त ढकाल – संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री
मणिचन्द्र थापा – खानेपानी मन्त्री
पद्माकुमारी अर्याल – कृषि तथा पशुपन्छि विकास मन्त्री
बसन्त कुमार नेम्वाङ – भौतिक पूर्वाधार तथा यातायात मन्त्री
गौरीशंकर चौधरी – श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री
पार्वत गुरुङ -सञ्चार तथा सूचना प्रविधिमन्त्री
शिवमाया तुम्बाहाङफे – भूमि व्यवस्था सहरी तथा गरिबी निवारण मन्त्री
लिलानाथ श्रेष्ठ कानुन न्याय तथा संसदीय मामिला मन्त्री
गणेशसिंह ठगुन्ना – संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री
प्रेम बहादुर आले – वन तथा वातावरण मन्त्री
जुली कुमारी महतो -महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री
दावा लामा तामाङ – युवा तथा खेलकुद मन्त्री
नवराज रावत – स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री
रामवीर मानन्धर – सहरी विकास राज्यमन्त्री
विमला विक – उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री