पूर्वमिस नेपाल शृङ्खला खतिवडा बिभिन्न कारणले चर्चामा छाइरहने गर्छिन् । समाजसेवादेखि प्रेमसम्म उनको चर्चाको विषय बन्ने गरेको छ ।
भ्लगर सिसन बानियाँसँगको उनको प्रेम मिडियादेखि सामाजिक सञ्जालसम्म नलुकेकै विषय हो । तर दुवैले सार्वजनिक रुपमा भने अहिलेसम्म प्रेम स्वीकारेको छैनन् । बेलाबेलामा रियालिटी शोमा समेत चर्चाको बिषय बन्ने उनीहरुको प्रेमलाई धेरैले ओपन–सेक्रेट भन्ने गरेका छन् । जसलाई शृङ्खलाले समेत स्वीकार गरेकी छन् ।
केही दिन अगाडि एक टेलिभिजन कार्यक्रममा अतिथिको रुपमा पुगेकी उनले सो कार्यक्रममा पनि प्रेमको विषय ओपन सेक्रेट नै राखिरहेको बताइन् ।
कार्यक्रममा उनलाई सिसनसँगको प्रेमबारे प्रश्न समेत सोधियो । जवाफ भने उनले भनिन् ‘समय आएपछि भन्छु । यो विषय अहिले ओपन सेक्रेट नै राखिरहेको छु ।’
प्रेमबिना जीवन खल्लो हुने समेत कार्यक्रममा बताएकी उनले विवाहको बारेमा भने केही बोलिनन् ।
स्नातकोत्तर गर्न अमेरिकाको हावर्ड विश्वविद्यालय जाँदै शृङ्खला
पूर्व मिस नेपाल शृङ्खला खतिवडा अमेरिकाको हावर्ड विश्वविद्यालयमा स्नातकोत्तर गर्न जाने भएकी छन्। उनले आगामी अगस्ट महिनामा अध्ययनका लागि अमेरिका जान लागेको जानकारी दिइन्। आर्किटेक्चरमा स्नातक गरेकी खतिवडाले सहरी विकासमा स्नातकोत्तर गर्न लागेकी हुन्।
उनले लकडाउन ताका फेरि थप अध्ययन् गर्ने रूची जागेको भन्दै गत जनवरीमा आवेदन दिएको जानकारी दिइन्। विश्वकै प्रतिष्ठित विश्वविद्यालयमा अध्ययन् गर्न पाउनु जीवनको सबैभन्दा ठूलो सफलता रहेको उनले सुनाइन्।
उनले सुरुमा आफूलाई हावर्डमा सक्छु भन्ने नलागेको भन्दै लकडाउनको फुर्सदमा भने पढ्न इच्छा लागेकाले जसरी पनि आट्छु भनेर लागेको बताइन्। ‘आट्यो भने सकिन्छ नि भन्ने लाग्यो। त्यसका लागि धेरै अध्ययन् र अनुसन्धान गरेँ नभन्दै दुई महिनामै काम भयो,’ उनले भनिन्। दुई वर्षको कोर्स रहेको भन्दै उनले पढाइपछि भने नेपाल नै फर्किने बताइन्। उनले केही समयअघि मात्र नेपालमै ‘गाथा’ नामक कम्पनी सञ्चालनमा ल्याएकी थिइन्।
हार्वर्डबाट अध्ययनको लागि स्वीकृति पाएसँगै उनले सामाजिक सञ्जाल इन्स्टाग्राममा खुसियाली साटेकी छन् । उनले भनेकी छन्, ‘यो मेरा लागि अहिलेसम्मकै खुसीको कुरा हो। कसरी व्यक्त गरुँ!’ मिस नेपाल आयोजक संस्था द हिडन ट्रेजरले पनि श्रृंखलालाई बधाइ दिँदै उनको उच्च शिक्षा अध्ययनका लागि शुभकामना व्यक्त गरेको छ ।