पूर्व मिस नेपाल श्रृंखला खतिवडा प्राय: चर्चामा आईरहन्छिन् । कहिले आफ्नु सुन्दरता त कहिले उनको प्रेम सम्बन्धलाइ लिएर धेरै चर्चा परिचर्चा हुने गर्दछ। खतिवडा सन् २०१८ की मिस नेपाल हुन् ।
खतिवडा भ्लगर सिसन बानियाँसँग प्रेममा सम्बन्धमा रहेकी छिन् तर उनले आफ्नो सम्बन्ध बारे यसअघि कहिँ कतै खुलाएकी थिईनन् ।
खतिवडा र बानियाँ प्रायः एकसाथ देखिने गरेका छन् । देश, विदेशको यात्रामा समेत उनिहरु संगै जाने गरेका छन् । केहि समय अगाडि टर्कीको इस्तानबुल पुगेका उनीहरुको तस्विरहरु खतिवडा र बानियाँले आफ्ना सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका थिए ।
आफु सिंगल रहेको बताउँदै आएकी श्रृंखलाले टर्कीमा रहँदा आफु सिसनको अंगोलामा बाधिएको तस्वीर सामाजिक संजालमा भाइरल समेत बनेको थियो।
अध्ययनका लागि अगस्ट महिनामा अमेरिका उड्न लागेकी उनले नेपालमा आर्किटेक्चरमा स्नातक गरेकी छन् ।
हार्वर्डबाट अध्ययनको लागि स्वीकृति पाएसँगै उनले सामाजिक सञ्जाल मार्फत उक्त खुसी साटेकी छन् । उनले खुसी साट्दै आफ्ना लागि यो अहिलेसम्मकै खुसीको कुरा भएको बताएकी छन् ।
अमेरिका जानुअगाडी पुन: सिसन बानियाँसँगको फोटोहरु बाहिरिएका छन् । उनीहरुको तस्विर सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छन् । उनीहरुको उक्त्त तस्विरलाई धेरैले माया गरिरहेका छन् ।