बलिउडमा एक पछि अर्को नराम्रो समाचार सार्वजनिक भइरहेका छन् । भारतमा वातावरण यस्तो बनेको छ कि विगत केही समय देखि नराम्रा खबर मात्र सार्वजनिक भइरहेका छन् । अभिनेता अनुपम खेर पहिले नै समस्याहरूले घेरिएका छन् र अब अर्को दुखद समाचारले अभिनेतालाई निराश बनाएको छ।
अनुपमको मेकअप आर्टिस्टको निधन भएको छ । उनको फिल्म द एक्सिडेंटल प्राइम मिनिस्टरमा मेकअप आर्टिस्ट जसले अभिनेतालाई पूर्व प्रधानमन्त्री मनमोहन सिंहको रूपमा मेकअप गरिदिएका थिए । अनुपमले यो दुखद समाचार संगै मेकअप आर्टिस्टको फोटो पनि सार्वजनिक गरेका छन् ।
अनुपम खेरले ट्विटरमा मनमोहन सिंहको रूपको आफ्नो तस्बिर सार्वजनिक गर्दै एउटा भिडियो राखेका छन् । जसमा ३३ वर्षीय प्रणय दीपक सावंत मेकअप कलाकारको रूपमा देखिन्छन् । जसमा उनीसंज अन्य सहयोगी पनि छन् । उनले अनुपमलाई पूर्व प्रधानमन्त्रीको रुप दिनमा व्यस्त रहेको भिडियो अनुपमले सार्वजनिक गरेका छन् । त्यो भिडियो सार्वजनिक गर्दै अनुपमले दुर्भाग्यवश यस श्रृंगार गर्ने व्यक्तिको मृत्यु भएको छ भन्दै जानकारी गराएका छन् ।
A good performance has many contributors!! Deeply saddened to know about the death of 33 year old makeup man #PranayDeepakSawant. He did my make up of #DrManmohanSingh in the movie #TheAccidentalPrimeMinister !! He was a genius! My condolences to his family! Om Shanti!! ??? pic.twitter.com/L2mRpEPsRJ
— Anupam Kher (@AnupamPKher) April 18, 2021