दुई सातायता भारतीय फिल्म ‘उचाइ’ को छायांकन नेपालको हिमाली भेगमा भइरहेको छ ।
काठमाडौंमा दुई दिनको छायांकन सकाएर हिमाली भेगतर्फ प्रस्थान गरेको टोलीले लुक्लामा छायांकन सकाएर नाम्चेमा छायांकन गरिरहेको छ ।
यसैक्रममा मंगलवार ब्रेकमा रहेका कलाकारहरूले नाम्चेमा पुगेर सगरमाथाको दृश्यावलोकन गरेका छन् ।
फिल्मका कलाकारहरू अनुपम खेर, परिणीती चोपडाले पहिलोपटक सगरमाथा देखेको भन्दै समाजिक सञ्जालमा खुशी साटेका छन् ।
परिणितीले आधार शिविर पुगेको फोटोसहित उनले लेखेकी छिन्, ‘शसभ प्रभात मिस्टर एभरेस्ट ।
तिमीले आज मलाई नम्रताको पाठ सिकायौं।’
साथै, सगरमाथा सामु जो कसैको शिर झुक्ने भन्दै अनुपमले सगरमाथाको सौन्दर्यको वर्णन गरेका छन् ।
उनले पहिलोपटक सगरमाथाको अवलोकन गरेको भन्दै खुशी व्यक्त समेत गरेका छन् ।
बलिउड निर्देशक सुरज वर्जत्यले निर्देशन गरिरहेको फिल्मको सुटिङका लागि अनुपम खेर, परिणिती चोपडा, बोमन इरानीलगायतका कलाकार नेपालमा छन् ।
फिल्म युनिट आगामी साता हिमालपारिको जिल्ला मनाङमा जाने भएको छ ।
उचार्इ फिल्म युनिट नेपालमा लगभग ४० दिन रहने छ ।