बलिउड अभिनेता अनुपम खेरले पशुपतिनाथ मन्दिरमा भेटिएकी एक बालिकाको पढाइको सम्पूर्ण जिम्मेवारी लिने भएका छन् ।
खेरले हिन्दी फिल्म ‘उचाइ’ छायाँकनका लागि नेपाल आए थिए । उनले गत साता पशुपतिनाथ मन्दिर परिसरमा आरती नाम गरेकी बालिकालाई भेटेका थिए ।
काठमाडौंको एक मन्दिर घुम्न जाँदा आफूलाई पैसा माग्न आएकी बालिकाको भिडियोलाई उनले ट्वीटरमा शेयर गरेका छन् । भिडियोमा ती बालिका प्रष्ट रुपमा अंग्रेजी बोलेकी छन् । जुन कुराबाट अनुपम प्रभावित भएका छन् ।
‘मैले काठमाडौंको एक मन्दिर बाहिर आरतीलाई भेटें । उनी भारतको राजस्थानकी हुन् । उनले मसँग केही पैसा मागिन् र मसँग तस्वीर खिचाउने इच्छा व्यक्त गरिन् । त्यसपछि मसँग फटाफट अंग्रेजीमा कुरा गर्न थालिन् । पढाईप्रति उनको रुची देखेर म चकित भएँ । यो हो हामीबीचको भलाकुसारी । अनुपम फाउण्डेसनले उनलाई पढाउने वाचा गरेको छ । जय हो’, अनुपमले लेखेका छन् ।
भिडियोमा ती बालिकाले आफ्नो नाम आरती बताएकी छन् । उनले अनुपमसँग भेटेर आफू खुशी भएको बताएकी छन् । उनले आफूले स्कुल नगई पैसा माग्ने गरेको बताएकी छन् । उनले आफू विद्यालय गएर पढ्न चाहेको उल्लेख गरेकी छन् ।
मुझे आरती काठमांडू में एक मंदिर के बाहर मिली।ये वैसे राजस्थान से है! उसने मुझसे कुछ पैसे माँगे! फिर मेरे साथ 1 फ़ोटो खिंचवाई।इसके बाद बहुत ही फ़र्राटेदार इंग्लिश में बात की। ये स्कूल जाकर पढ़ना चाहती है। @anupamcares ने इसकी पढ़ाई कि ज़िम्मेदारी ली है!?? #AnupamKherFondation pic.twitter.com/5CLE3Jb62U
— Anupam Kher (@AnupamPKher) November 2, 2021