नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । साताको पहिलो दिन आज (आइतबार) सुनको मुल्य अघिल्लो दिनको तुलनामा तोलामा २ सय रुपैँयाले वृद्धि भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापवाल सुनको मूल्य तोलाको ९० हजार ७ सय कायम भएको छ भने तेजावी सुनको मूल्य तोलाको ९० हजार २ सय कायम भएको छ ।
शुक्रबार छापावाल सुनको मूल्य तोलाको ९० हजार ५ सय र तेजावी सुनको मूल्य तोलाको ९० हजार कायम भएको थियो । शनिबार सुनचाँदीको मूल्य निर्धारण नहुने भएकाले शनिबार पनि सोही मूल्यमा सुनचाँदीको कारोबार भएको हो ।
सुनको मूल्य उकालो लागेतापनि चाँदीको मूल्य भने स्थिर छ । शुक्रबारदेखि नै चाँदीको मूल्य तोलाको १ हजार ३ सय कायम भएको छ ।