साताको अन्तिम दिन आज नेपाली बजारमा सुनको मूल्य तोलाको ९० हजार नाघेको छ । शनिबार सुनचाँदीको मुल्य निर्धारण नहुने भएको हुनाले आजको मूल्यलाई नै साताको अन्तिम मूल्य मानिन्छ ।
हिजो बिहीबार तोलामा ८९ हजार ८ सयमा कारोबार भएको छापावाल सुनको मूल्य आज प्रतितोला ८ सय रुपैँयाले वृद्धि भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले दिएको जानकारी अनुसार आज छापावाल सुनको मूल्य तोलाको ९० हजार ५ सय निर्धारण भएको छ भने तेजावी सुनको मूल्य तोलाको ९० हजार कायम भएको छ ।
हिजो तेजावी सुनको मूल्य ८९ हजार ३ सय ५० कायम भएको थियो ।
सुनको मूल्य उकालो लाग्दा चाँदीको मूल्य पनि बढेको छ । अघिल्लो दिनको तुलनामा चाँदीको मूल्य तोलामा १० रुपैँया बृद्धि भएर १ हजार ३ सय निर्धारण भएको छ ।
२०७७ सालको चैत महिनामा ९० हजार नपुगेको सुनको मूल्य नयाँ वर्ष लागेसँगै तोलामा ९० हजार नाघेको हो ।