नेपाल पत्रकार महासंघ नुवाकोट जिल्ला शाखामा सरकारनिकट प्यानल पराजित भएको छ । गठबन्धन प्यानलबाट अध्यक्षमा कपिलदेव खनाल विजयी भएका छन् । त्यस्तै, उपाध्यक्षमा नवराज सुवेदी र जमुना गजुरेल विजयी भएका छन् ।
हिजो सम्पन्न भएको निर्वाचनमा अध्यक्षमा कपिलदेव खनालले १ सय ९ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्दी नारायण नेपालले ४६ मत ल्याएका छन् । त्यस्तै उपाध्यक्षमा नमराज सुवेदीले ८५ मत ल्याउँदा अर्का प्रतिस्पर्धी नवदिप श्रेष्ठले ७४ मत ल्याएका छन् ।
महिला उपाध्यक्षमा जमुना गजुरेलले ९५ मत ल्याउँदा प्रतिस्पर्धी रुपा बर्यालले ६० मत ल्याएर पराजित हुनु परेको छ । सहसचिव पदमा सुरज सिलवालले १ सय ८ मत ल्याउँदा भरत शन्तोषिले ४४ मत ल्याएकी छिन् ।
कोषाध्यक्ष पदमा सुनिल विष्टले ८९ मत ल्याउँदा गमल लामाले ६८ मत मा चित्त बुझाउनु परेको छ ।
त्यस्तै सदस्यहरुमा रविन दाहालले १ सय २६, मुकुन्दराज अर्यालले १ सय २१ राममणि अधिकारीले १ सय १३ हरिराम भेटुवालले १ सय १० सुजित भण्डारीले १ सय १९ उषा रेग्मीले १ सय ३४ शालिकराम चालिसेले ७८ र कृष्ण अधिकारीले ८८ मत ल्याएर बिजयी भएका छन् ।
नेपाल पत्रकार महासंघको नयाँ नेतृत्वका लागि बुधबार केन्द्र, प्रदेश र जिल्ला शाखाहरुको निर्वाचन भएको थियो । अहिले देशभर मतगणना जारी छ भने केही जिल्लाहरुमा सार्वजनिक भैरहेको छ ।