नेपाल पत्रकार महासंघको आज भैरहेको २६ औं महाधिवेशनमा एसोसिएट प्रदेशको मतदान दशरथ रंगाशालामा भैरहेको छ ।
कार्टुनिस्ट क्लव नेपालका ३५, एभरेष्ट प्रेस क्लबका ३४, नेपाल पत्रकार मञ्चका १८५ र दक्षिण एसयाली खेलकुद पत्रकार संघका १५ जना गरी कुल २ सय ६९ जनाले त्यहाँ मतदान गरिरहेका छन् । बिहान ९ बजेदेखि सुरु भएको मतदान बेलुका ५ बजेसम्म रहनेछ ।
एसोसिएट प्रदेशको अध्यक्षमा अहिलेका महासचिव धनबहादुर (डिबी) खड्का र बैकुण्ठराज पराजुली चुनावी मैदानमा छन् ।
२५ औं महाधिवेशनबाट एसोसिएट प्रदेशको अध्यक्षमा केपी ढुंगाना निर्वाचित भएका थिए । २६ औं महाधिवेशनमा ढुंगानाले केन्द्रीय सचिवमा दिएको आफ्नो उम्मेदवारी फिर्ता लिइसकेका छन् ।
केटिएम दैनिका फोटो पत्रकारहरुको लेन्समा कैद भएका केही तस्विरहरु