सुपरस्टार आमिर खानकी छोरी ईरा खानको फोटो सोसल मिडियामा भाइरल भइरहेको छ ।
सामाजिक सञ्जालमा उक्त्त फोटाहरु भाइरल भइरहेका छन् । उनले आफ्नो प्रेमी नूपुर शिखारेसँगको तस्विर पोस्ट गरेको थिइन् ।
प्रेमीको फोटो सार्वजनिक गरेर उनले आफ्नो प्रेमलाई सम्बन्धमा आधिकारिक बनाएको भारतीय मिडियाहरुले बताएका छन् ।
ईरा र नूपुर प्राय: जसो एउटै रङ्गमा लुगा लगाउँछन् । उनीहरूको अनुहारको मुस्कानले सबैलाई मख्ख बनाउँदै आएका छन् ।
तस्बिरहरू पोस्ट गर्दै इरा लेख्छिन्, ‘यो तपाईँलाई सम्मान दिने कुरा हो । यी फोटोहरूले हाम्रो मन जितेको छ । हामीले केही तस्बिरहरू पनि चयन गरेका छौँ, यसले प्रमाण दिन्छ, हामी दुवै एक अर्काको लागि बनेका हौँ ।’