बलिउड अभिनेता आमिर खानको छोरी इरा खान चर्चामा आउन अनेक काम गर्छिन् ।
उनको बुबा जस्तै उनी पनि चर्चामा आइरहन्छिन् ।
केही समय अगाडी मात्र इराले सामाजिक सञ्जालमा एक भिडियो सेयर गर्दै डिप्रेशनको खुलासा गरेकी थिइन् । पछि फेरि आफ्नै बुबाको जिम ट्रेनरसँग प्रेममा रहेको खुलासा गरेको थिइन् ।
अहिले फेरि उनले लगाएको पहेँलो बिकिनीको तस्विरले फ्यानहरुको ध्यान खिचेको छ । फ्यानहरुले उनको तस्विरलाई अत्याधिक मन पराएको प्रतिक्रिया दिएका छन् ।
इरा आमिर खान र उनकी जेठी श्रीमती रिना दत्ताकी सन्तान हुन् ।
आमिर र रीनाले सन् १९८६ मा विवाह गरेका थिए । इराबाहेक दुबैका जुनैद नामका छोरा पनि छन् । सन् २००२ मा आमिर र रिनाको सम्बन्धविच्छेद भयो ।
सन् २००५ मा आमिरले किरन रावसँग दोस्रो विवाह गरे । यी दुईले सन् २०११ मा आजाद नामका छोरालाई सरोगेसीमार्फत् जन्म दिए ।
हेरौं उनका केही बोल्ड तस्विरहरु