आज साताको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) उकालो लागेको छ ।आज नेप्से ६३ दशमलव ३८ अङ्कले बढेर २५ सय ३८ दशमलव ४६ विन्दुमा पुगेको हो । आज सबै समूहको शेयर उकालो लागेको छ ।
बैंकिङ समूहको शेयर साढे २६ अङ्कले वृद्धि भएको छ भने, व्यापार समूहको १३, होटल तथा पर्यटनको एक सय ५३, विकास बैंकको ४७, जलविद्युतको १३ उकालो लागेको छ ।
यस्तै फाइनान्स समूहको ६, माइक्रो फाइनान्स समूहको दुई सय २६, उत्पादनको एक सय ७२, अन्यको ५८, जीवन बीमा समूहको शेयर सात सय ४२, निर्जीवन बीमाको पाँच सय ६१ र लगानी समूहको शेयर एक दशमलव २५ अङ्कले बढेको छ ।
आज दुई सय ६ कम्पनीका एक करोड २४ लाख ३० हजार कित्ता शेयर पाँच अर्ब ९१ करोड ९८ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै नेपाल बङ्गलादेश बैंकको ३९ करोड ९० लाख रुपैयाँको शेयर किनबेच भएको हो ।
स्वरोजगार, महिला र सूर्योदय लघुवित्त कम्पनीको शेयर मूल्य १० प्रतिशत र अन्य सात वटाको नौ प्रतिशतभन्दा धेरैले बढेको छ । तर आज ग्रीन लाइफ र खानीखोला हाइड्रो कम्पनीको शेयर ६ प्रतिशतभन्दा धेरैले घटेको छ ।