स्थानीय बजारमा आज सुनको मूल्य तोलामा नै रु १ हजारले ओरालो लागेको छ ।
हिजो बुधरबा तोलामा रु ८७ हजार ५०० मा कारोवार भएको छापावाला सुन आजका लागि भने रु ८६ हजार ५०० मूल्य निर्धारण भएको छ । त्यसैगरी बुधबार रु ८७ हजार ५० मा कारोवार भएको तेजाबी सुन आजका लागि भने तोलामा रु ८६ हजार ५० मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
साथै बुधबार रु १ हजार ३१५ मा कारोवार भएको चाँदी आजका लागि भने तोलामा रु १ हजार २८५ मूल्य निर्धारण भएको महासङ्घले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस १७ सय १७ डलर छ । भाउ घटेर प्रतिऔंस १७ सय डलरमा झर्ने सम्भावना छ ।