प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्नु गलत भएको नेकपा नेता एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले बताएका छन् ।
काठमाडौँमा सोमबार भएको कार्यक्रममा मन्त्री श्रेष्ठले सुननियोजित रूपमा प्रधानमन्त्रीको राजीनामा मागिएको बताए । कसैले माग्दै प्रधानमन्त्रीले राजीनामा नदिनुहुने बताउँदै उनले प्रश्न गरे – ‘प्रधानमन्त्रीले किन राजीनामा दिने ? कसैले परबाट राजीनामा दे भन्दैमा राजीनामा दिनुपर्ने ?’
सरकारले काम गर्दागर्दै पनि पार्टीकै नेताले अवरोध गरेकाले मुलुकमा संकट देखिएको बताउँदै उनले भने – ‘यसबाट मुलुकले निकास पाउनुपर्छ, देश, जनता, लोकतन्त्र र संविधानले जित्नुपर्छ ।’
अब पनि केपी ओलीको विकल्प नभएको बताउँदै श्रेष्ठले भने – ‘मुलुकमा आगामी चुनाव पनि वर्तमान सरकारले नै गराउँछ ।’