हप्ताको पहिलो दिन आज पनि सुनचाँदीको भाउ घटेको छ ।
आज सुनको भाउ तोलामा पाँच सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुनको मूल्य तोलाको ८८ हजार ३ सय रुपैयाँ कायम भएको छ ।
यसअघि अस्ति शुक्रवार पनि सुन तोलामा पाँच सय रुपैयाँले घटेको थियो ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस १७ सय ३५ डलर छ । भाउ घटेर प्रतिऔंस १७ सय डलरमा झर्ने सम्भावना छ । यस्तै, आज चाँदीको भाउ पनि आज घटेको छ । तोलामा १० रुपैयाँले घटेर १३ सय २५ रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
फाल्गुन महिनाको पहिलो दिन तोलामा ९० हजार ८ सय कायम भएको सुन त्यसपछिका दिनहरूमा सो मूल्यभन्दा माथि पुगेको छैन ।